कास्कीकाे हिमालय माविबाट सिसी क्यामेरा र नगदसहित ४ वटा ल्यापटप चोरी

पाेखरा | जेठ ६, २०८१

कास्कीकाे हिमालय माविबाट सिसी क्यामेरा र नगदसहित ४ वटा ल्यापटप चोरी

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ । 

 

आइतबार बिहान कार्यालय सहयोगी विद्यालय पुग्दा ताल्चा फुटाएर विद्यालयको सिसी क्यामेराको तार काटेर नगद र जिन्सी सामान चोरी भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । 

 

‘अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माविमा आइतबार कार्यालय सहयोगी पुग्दा ताल्चा फुटाएर विद्यालयमा भएको नगद र जिन्सी सामान चोरी भएको पाइयो, वडाध्यक्ष गुरुङले भने, ‘विद्यालयको सुरक्षाको लागि जडान गरिएको सिसी क्यामेराको तार काटेर  ४ थान क्यम्प्युटर(डेल कम्पनी), लेखा शाखाको २० हजार, सिसी क्यामेरा र स्पिकर चोरी भएको छ ।’

 

वडाध्यक्ष गुरुङका अनुसार चोरी भएको घटनाबारे कास्की प्रहरीलाई जानकारी दिइएको छ ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्